दफा १७५
नक्कल दिनु पर्ने
(१) मुद्दाको सरोकारवाला पक्ष वा निजकोे कानून व्यवसायीले कुनै मुद्दाको मिसिलमा रहेको कुनै लिखतको नक्कल कानूनमा व्यवस्था भए बमोजिमको दस्तुर तिरी लिन सक्नेछ ।
तर फैसलाको नक्कल जुनसुकै कानून व्यवसायीले लिन पाउने छ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम गोप्य राख्नु पर्ने लिखतको नक्कल दिइने छैन ।